बार्सिलोनामा एक दशक बिताएका अल्बा क्बल छाड्दै

बार्सिलोनामा एक दशक बिताएका अल्बा क्बल छाड्दै

केन्द्रबिन्दु
0
Shares

बार्सिलोनाका रक्षक जोर्डी अल्बाले क्लब छाड्ने पक्कापक्की भएको छ। स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाका ३४ वर्षीय लेफ्ट ब्याक अल्बाले यस सिजनको अन्त्यसँगै बार्सिलोना छाड्ने पक्कापक्की भएको हो। उनले बार्सिलोनामा झन्डै ११ बर्ष बिताएका छन्। 

बीबीसीका अनुसार बार्सिलोना र अल्बाबीच सम्झौता अन्त्य गर्नका लागि सहमती भइसकेको छ। बार्सिलोनाका लागि अल्बाले ६ ला लिगा, पाँच कोपा डेल रे र एक च्याम्पियन्स लिग जिताउनका लागि मुख्य भुमिका खेल्ने खेलाडीको रुपमा अब स्मरण गरिनेछ, बार्सिलोनका लागि उनको योगदान अतुलनीय छ, बीबीसीले भनेको छ।

यस सिजनमाा मात्रै अल्बाले २९ लिग खेल खेल खेलेका थिए। उनले बार्सिलोनावाट ४ सय ५८ खेलमा सहभागी जनाएका थिए। स्पेनिस रक्षक अल्बा सन् २०१२ मा ला लिगाको अर्को क्लब भ्यालेन्सियाबाट बार्सिलोना भित्रिएका हुन्। बार्सिलोना छाड्न लागेका उनले यसपछि के गर्छन ? त्यो भने खुल्न सकेको छैन। 

Skip This
Skip This
Logo