सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार दुई खेल हुँदैछन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार च्यासल मैदान ललितपुर र एन्फा कम्प्लेक्स सातदोबाटोमा ती खेल हुनेछन्।
च्यासल मैदान सातदोबाटो युथ क्लब र न्युरोड टिम भिड्नेछन्। जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ। उता, एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मर्स्याङदी र थ्रिस्टार भिड्नेछन्। याे खेल पनि ३ बजेबाट नै सुरु हुनेछ।





























प्रतिक्रिया