साफ च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा

साफ च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा

केन्द्रबिन्दु
0
Shares

असारमा हुने साफ च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ। साफ च्याम्पियनसिपको १४ औँ संस्करण असार ६ देखि १८ गतेसम्म भारतको बेङ्गलुरुमा हुँदैछ ।

प्रतियोगितामा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्स गरि आठ टिमले सहभागिता जनाउने छन्। प्रतियोगिताको यस संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीका रुपमा सहभागिता जनाउन लागेका हुन्।

असार ६ मा हुने पहिलो खेलमा नेपालले कुवेतको सामना गर्नेछ । नेपालले असार ९ मा आयोजक भारत तथा असार १२ मा पाकिस्तानविरुद्ध खेल्नेछ ।

च्याम्पियनसिपको समूह ‘ए’ मा नेपालसहित साविक विजेता भारत, कुवेत र पाकिस्तान छन् । समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन्  ।

नेपालको प्रारम्भिक टोली

गोलकिपर : किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

रक्षक : विक्रम लामा, रोहित चन्द, अनन्त तामाङ, देवेन्द्र तामाङ,विमल पाण्डे, सनिश श्रेष्ठ, निशान्त खड्का, आशिष गुरुङ, सिमान्त थापा, अन्जल महर्जन

मिडफिल्डर : पुजन उपरकोटी, नविन लामा, एरिक विष्ट, मणिकुमार लामा, सुदीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, विशाल तामाङ

फरवार्ड : नवयुग श्रेष्ठ, अन्जन विष्ट, विमल घर्तीमगर, जिलेस्पीजंग कार्की, आयुष घलान, दिपकराज सिंह ठकुरी, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पीजंग कार्की, दिनेश हेन्जन 

Logo