ए डिभिजन लिगमा आज चार खेल हुँदै

ए डिभिजन लिगमा आज चार खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदैछन् ।  अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दशरथ रंगशालामा दुईवटा खेल हुनेछन भने एन्फा कम्प्लेक्स र च्यासल मैदानमा एक-एक खेल हुनेछन।

एन्फा कम्प्लेक्समा हुने पहिलाे खेलमा खुमलटार र संकटा क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।उता, दिउँसो ३ बजे नै च्यासल मैदान,ललितपुरमामा नेपाल पुलिस क्लब र मच्छिन्द्र फुटबल क्लबका बिचमा भिडन्त हुनेछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम र हिमालयन शेर्पा बिचमा प्रतिस्पर्धा हुनेछ, जुन खेल ३ बजेबाट सुरु हुनेछ। रंगशालामा नै हुने दोस्रो खेल भने साँझ ६ बजेवाट सुरु हुनेछ। जुन खेलमा फ्रेन्डस क्लब र मनाङ मर्स्याङदी आमुने सामुने हुनेछन। 

Logo