इब्राहिमोविचद्वारा फुटबल खेल जीवनबाट सन्यास घोषणा

इब्राहिमोविचद्वारा फुटबल खेल जीवनबाट सन्यास घोषणा

केन्द्रबिन्दु
0
Shares

इटालियन क्लब एसी मिलानका भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले फुटबल खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् ।

४१ वर्षीय स्वीडिस खेलाडी इब्राहिमोभिचले इटालियन सिरी ए अन्तर्गत सिजनको अन्तिम लिग खेल भेरोनाविरुद्धको खेलपछि सन्यासको घोषणा गरेका हुन् । ‘पहिलो पल्ट म यहाँ आए । मलाई खुशी दियौ, दोस्रो पटक माया दियौ । खुल्ला हातले स्वागत गर्नुभयो, मलाई घर महसुस गराउनुभयो, म मेरो बाँकी जीवनको लागि मिलानिस्टा हुनेछु ।’ उनले भने ।

इब्राहिमोभिचले आफ्नो व्यावसायिक करियर सन् १९९९ मा स्वीडिस क्लब माल्मोबाट सुरु गरेका थिए । उनले यसअघि पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड र इन्टर मिलान जस्ता क्लबहरूका लागि समेत खेलिसकेका छन्, जसमा ५११ गोल गरेका छन् । इब्राहिमोभिचले १४ लिग उपाधिसहित ३४ ट्रफी जितेका छन् । ११ पटक बालोन डी’ओरको लागि मनोनित भएपनि उनले उपाधि हात पार्न भने सकेनन् ।

इब्राहिमोविच स्विडेनका लागि सर्वाधिक गोलकर्ता हुन् । उनले स्विडेनका लागि १२२ खेलमा ६२ गोल गरेका छन् । 

Skip This
Skip This
Logo