एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग पराजित भएको छ ।यानगोनस्थित थुवुन्ना स्टेडियममा मंगलबार नेपाललाई म्यानमारले ५-० गोल अन्तरले हराएको हो ।
नेपालविरुद्ध म्यानमारले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा तीन गोल गरेको थियो ।म्यानमारको जितमा यिन लुन इनले ह्याट्रिक गरिन्। यस्तै जिन मोई पाए र युन वादीले एक एक गोल गरिन्
खेलको २३ औँ मिनेटमा जिन मोईले गोल गर्दै म्यानमारलाई सुरुआती अग्रता दिलाएका थिए ।खेलको ४५ औँ मिनेटमा यिन लुनले गोल गर्दै म्यानमारलाई २-० को अग्रता दिलाए ।
खेलको ४६ औँ मिनेटमा यिनले व्यक्तिगत दोस्रो गोल गर्दा म्यानमार ३-० ले अघि रह्यो ।७० औँ मिनेटमा युनले गोल गर्दा घरेलु टोलीको अग्रता ४-० को पुग्यो ।
त्यसपछि खेलको ९० औँ मिनेटमा यिनले ह्याट्रिक पूरा गर्दै म्यानमारलाई ५-० को जित दिलाए ।छनोटको समूह 'बी' मा रहेको नेपालले अब दोस्रो खेलमा बिहीबार चीनको सामना गर्नेछ । त्यस्तै नेपालले अन्तिम खेलमा शनिबार चाईनिज ताइपेसँग खेल्नेछ।





























प्रतिक्रिया