टेनिस स्टार जोकोभिच फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा

टेनिस स्टार जोकोभिच फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

सर्बियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन् ।

पेरिसमा मंगलबार रसियन करिन खाचानोबलाई हराउँदै जोकोभिचले अन्तिम चारको यात्रा तय गरेका हुन् । जोकोभिच १२ औँ पटक फ्रेन्च ओपनको सेमिफाइनलमा पुगेका हुन् । जोकोभिक फ्रेन्च ओपनको दुई पटकको च्याम्पियन हुन् ।

तेस्रो वरीयताका जोकोभिचले करिनलाई ४-६, ७-६ (७-०), ६-२ र ६-४ ले पराजित गरे । २३ पटकको ग्रान्डस्लाम विजेता जोकोभिच २४ औं ग्रान्डस्लाम जित्ने योजनामा रहेका छन् ।

Logo