वेस्ट ह्याम युरोपा कन्फ्रेस लिग च्याम्पियन

वेस्ट ह्याम युरोपा कन्फ्रेस लिग च्याम्पियन

केन्द्रबिन्दु
0
Shares

इंग्लिस क्लब वेस्ट ह्याम युनाइटेड युरोपा कन्फ्रेन्स लिगको च्याम्पियन बनेको छ। इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै वेस्ट ह्याम दोस्रो सिजनको कन्फ्रेन्स लिगको च्याम्पियन बनेको हो।

पहिलो संस्करणमा फियोनुर्डलाई पराजित गर्दै इटालीको रोमा च्याम्पियन बनेको थियो। फोर्टुना एरिना प्राहा चेक रिपब्लिकमा बुधबार राति भएको खेलका वेस्ट ह्यामलाई च्याम्पियन बनाउन सेड बेनरहमा र जरोड बोवेनले गोल गरे। फियोरेन्टिनाका जियोकोमो बोनोभेन्चुराले एक गोल फर्काए।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकिदा तीनै गोल दोस्रो हाफमा भएका थियो। ६२औँ मिनेटमा सेड बेनरहमाले पेनाल्टीमा गोल गर्दै वेस्ट ह्यामलाई १-० को अग्रता दिलाए।

पेनाल्टी बक्समा क्रिष्टियानो विरागीले हातले बल छोएको भन्दै वेस्ट ह्यामले लामो अपिल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै पेनाल्टी प्रदान गर्दा बेनरहमा चुकेनन्। तर, वेस्ट ह्यामको त्यो अग्रता लामो समय टिकेन।

६७औँ मिनेटमा जियाकोमो बोनोभेन्चुराले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। उनले निकोलस गोन्जालेसको पासमा गोल गर्न सफल भएका थिए।

त्यसपछि खेल अतिरिक्त समयतर्फ लम्बदै गर्दा जरोड बोवेनले गोल गर्दै वेस्ट ह्यामलाई च्याम्पियन बनाए। उनले लुकास पाक्वेटाको पासमा गोल गर्न सफल भएका थिए।

Logo