राष्ट्रिय फुटबल टोलीका ४८ पूर्व खेलाडी सम्मानित

राष्ट्रिय फुटबल टोलीका ४८ पूर्व खेलाडी सम्मानित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । फुटबलर्स मिसन टुगेदर (एफएमटी) ले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडीहरुलाई सम्मान गरेको छ । एफएमटीले बुधबार राष्ट्रिय टोलीबाट खेलेका २० महिला र २८ पुरुष पूर्व खेलाडीलाई सम्मान गरेको हो । एफएमटीले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सवको अवसरमा सन् १९८३ पछिका पुरुष खेलाडी र सन् २०१० सम्मका महिला खेलाडीलाई सम्मान गरेको छ ।

फुटबलको वर्तमान पुस्तालाई इतिहाससँग जोड्ने उदेश्यले दुई वर्ष अघि एफएमटी गठन भएको थियो ।
एफएमटीबाट सम्मानित हुने पुरुष खेलाडीमा गणेश थापा, कृष्णबहादुर थापा, श्रीराम रंजितकार, धिरेन्द्रकुमार प्रधान, भक्तराज कर्णिकार, मानबहादुर मल्ल, विनय श्रेष्ठ, भिक्टर राणा, अजय मानन्धर, लोकबहादुर शाही, गोपाल श्रेष्ठ, किरण राई, विदुर विष्ट र रामदर्शन गुरुङ रहेका छन् । त्यस्तै नरेन्द्र श्रेष्ठ, मोहन शाही, दिपक हर्ष बज्राचार्य, पुनम थापा, जीवन श्रेष्ठ, रजतमान तुलाधर, वरुण मानन्धर, कृष्ण आले, डम्बरसिंह गुरुङ, दिनेश थापा, राजुकाजी शाक्य, यमबहादुर घले, सुरेश बस्नेत र राजेश मानन्धर रहेका छन् ।

त्यस्तैगरी महिलातर्फ जमुना गुरुङ, चन्दा भण्डारी, प्रमिला राई, भगवती थापा, अनु लामा, अस्मिता खवास, सपना लामा, नमिता दाहाल, उषा भण्डारी, लक्ष्मी पौडेल, मनमाया मगर, दिपा अधिकारी, निरु थापा, सजना राना मगर, मिरा महर्जन, विनिता श्रेष्ठ, दिपा क्षेत्री, रन्जना दर्जी, निशा देवान र तुलाषा सिंह रहेका छन् ।

सम्मानित हुने खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा र नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठले सम्मानपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रमका बोल्दै एन्फा अध्यक्ष शेर्पाले यस कार्यक्रमले अन्य खेलाडीलाई समेत हौसला प्रदान गरेको बताए । एफएमटीका अध्यक्ष विष्णु गोपाल श्रेष्ठले एन्फाले आफुहरुलाई हौसला दिएको भन्दै धन्यवाद दिए ।

त्यस्तै कार्यक्रममा राखेपका पूर्व सदस्य सचिव स्वर्गीय राजबहादुर सिंह र शम्भु बास्तोलालाई श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

Logo