तेस्रो दक्षिण एसियाली योग खेलकुद र माउन्ट एभरेष्ट योगा फेस्टिबल सुरु

तेस्रो दक्षिण एसियाली योग खेलकुद र माउन्ट एभरेष्ट योगा फेस्टिबल सुरु

केन्द्रबिन्दु
0
Shares

तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योगा फेस्टिबल च्याम्पियनसिपको काठमाडौंमा सुरु भएको छ । बिहीबार एक कार्यक्रमकाबीच नेपाल भारतमैत्री धर्मशाला तिलगंगामा प्रतियोगिता सुरु भएको हो । 

प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङले योग हरेक मानिसका लागि अभिन्न अंग भएको बताए । 

नेपाल योग खेलकुद संघका अध्यक्ष प्रा.डा. सूर्यबहादुर कार्कीले प्रतियोगिताको बारेमा जानकारी गराउँदै आगामी जेठ २७ गतेसम्म हुने प्रतियोगिताले खेलकुदको साथै नेपालको पर्यटनमा टेवा पु-याउने विश्वास व्यक्त गरे । 

दक्षिण एसियाली प्रतियोगितामा दक्षिण एशियाका देशहरुबाट खेलाडी सहभागी छन भने माउन्ट एभरेष्ट योगा महोत्सव च्याम्पियनसिपमा पाँचै महादेश योग खेलाडीहरु सहभागी रहेको आयोजक योग खेलकुद संघले जनाएको छ । 

दुवै स्पर्धा गरेर कुल २ सय बढी स्वदेशी तथा विदेशी खेलाडीको सहभागिता रहेको छ । 

Logo