शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सकिदैछ ।
सिजनको अन्तिम दिन आज तीन खेल हुँदैछन् । आज मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी, संकटा क्लब र न्युरोड टिम (एनआरटी) तथा जावलाखेल युथ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
अखिल नेपाल फुटबल संघ एन्फाले गत बैशाख १० गते लिगको दोस्रो लेगको खेलतालिका सार्वजनिक गर्ने क्रममा घोषणा गरे अनुसार आजबाट लिग सकिन लागेको हो ।
पहिलो पटक ए डिभिजन खेल खेलेको चर्च ब्वाईज लिग खेल सकिनु अगाबै लिग विजेता भइसकेको छ भने मच्छिन्द्र क्लब अंक तालिका अनुसार दोस्रो स्थानमा छ । तेस्रो स्थानमा नेपाल पुलिस क्लब रहेको छ ।
जस अनुसार लिगको १४ औँ देखि २६औँ चरणसम्मको खेल वैशाख १९ देखि सुरु भई आजसम्म हुनेछन्। आज अन्तिम खेल जावालाखेल युथ क्लब र फ्रेन्डस क्लबका बिचमा हुनेछ।





























प्रतिक्रिया