खराव व्याटिङ प्रदर्शनमा नेपाल दोस्रो अभ्यास खेलमा नेदरल्यान्ड्सविरुद्ध अलआउट भएको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ३६.५ ओभरमा अलआउट हुँदै १५६ रनमा समेटिएको हो । खराव सुरुवात गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३० रन जोडे । साथै आठौं नंबरमा मैदानमा आएका प्रतिश जिसी १९ रनमा क्याच आउट हुन पुगे ।
त्यसअघि नेपालले पहिलो ओभरको पाँचौं बलमा ओपनर आसिफ शेखलाई ४ रनमा गुमाएको थियो । दोस्रो विकेटका रुपमा अर्जुन साउद तेस्रो ओभरमा चार रनमा क्याच आउट हुँदा कुशल भुर्तेल चौथो ओभरको चौथो बलमा ९ रनमा एलबीडब्लू आउट हुँदै पवेलियन फर्किए । भीम सार्की १० रनमा रन आउट हुँदा आरिफ शेख १८ रन, गुल्सान झाले २४ रन जोडे । सोमपाल कामीले १८ रन बनाए ।
बलिङमा नेदरल्यान्ड्सका तीव्र गतिका बलर लोगन भान बीकले ५ विकेट लिए ।
नेपाल पहिलो अभ्यास खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । जुन खेलमा पनि नेपालको व्याटिङ चल्न सकेको थिएन । एक सातापछि जिम्बावेमा हुने आइसिसी विश्वकप छनोटअघि दक्षिण अफ्रिकामा नेपालको यो अन्तिम तयारी खेल हो । नेपाल आइतबार जिम्बावे जानेछ।





























प्रतिक्रिया