भारतलाई हराउँदै अष्ट्रेलिया बन्यो विश्व टेस्ट च्याम्पियन

भारतलाई हराउँदै अष्ट्रेलिया बन्यो विश्व टेस्ट च्याम्पियन

केन्द्रबिन्दु
0
Shares

अष्ट्रेलियाले आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को उपाधि जितेको छ । २०२१ देखी सुरु भएको दोस्रो संस्करणको विश्व टेस्ट च्यापियनसिपको फाइनलकाे आइतबार पाँचौं दिन भारतलाई २०९ रनले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो । 

अष्ट्रेलियालाई जितको लागि दिएको ४४४ रनको विशाल लक्ष्य पछ्याएको भारत ६३.३ ओभरमा अलआउट हुँदै २३४ रनमै समेटिएको हो । भारतका लागिविराट कोहलीले सर्वाधिक ४९ रन जोडे । उनी अष्ट्रेलियाका स्टिभ स्मिथको उत्कृष्ट क्याचको सिकार बन्दा अर्धशतकबाट चुके । 

साथै अजिंक्या रहाणेले ४६ रन, कप्तान रोहित शर्मा ४३ रन, चेतेश्वर पुजारा २७ रन, स्रिकर भरतले २३ रन तथा शुभमन गिलले १८ रन तथा मोहम्मद शामीले १३ रन जोडे ।  

बलिङमा नाथन लायनले सर्वाधिक ४ विकेट लिँदा स्कट बोल्याण्डले ३ तथा मिचेल स्टार्कले २ विकेट लिए । 

त्यसअघि अष्ट्रेलियाले चौथो दिन दोस्रो सेसनमा दोस्रो इनिङ २७०-८ को समयमा समाप्तिको घोषणा गरेको थियो । पहिलो इनिङमा १ सय ७३ रनले पछि हुँदा समग्रमा भारतले ४ सय ४४ रनको विशाल लक्ष्य पाएको थियो । 

अष्ट्रेलियाका लागि एलेक्स केरी सर्वाधिक ६६ रनमा नटआउट रहे । साथै मार्नस लाबुसेन र मिचेल स्टार्कले समान ४१४१ रन जोडे भने स्टिभ स्मिथ ३४ र ट्रविस हेडले १८ रन जोडे ।  

भारतका रविन्द्र जडेजाले सर्वाधिक तीन विकेट लिए । मोहम्मद शामी र उमेश यादवको नाममा समान दुई विकेट रह्यो ।

इंग्ल्यान्डको द ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया पहिलो इनिङमा ४ सय ६९ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका मध्यक्रमका ब्याटर ट्रविस हेडले सर्वाधिक १६३ रनको सानदार शतकीय इनिङ खेल्दा स्टिभ स्मिथले १२१ रनजोडे । उक्त लक्ष्य पछ्याएको भारत २ सय ९६ रनमा अल आउट भएको थियो । 

Logo