सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिचले कीर्तिमानी २३औँ ग्राण्डस्लाम उपाधि जितेका छन्।
आइतबार भएको फाइनलमा जोकोभिचले फ्रेन्च ओपनको उपाधि भिडन्तमा नर्वेका क्यास्पर रुडलाई सोझो सेटमा हराएर तेस्रो पटक उपाधि जित्दै कीर्तिमान बनाएका हुन्।
रोला ग्यारोमा जोकोभिचले रुडलाई ७-६, ७-१, ६-३ , ७-५ ले हराए। जोकोभिचले सर्वाधि २२ उपाधि जित्ने स्पानिस राफेल नाडललाई पछि पार्दै कीर्तिमान बनाएका हुन्।
जोकोभिच चारवटै ग्राण्डसलाम कम्तीमा तीन पटक जित्ने पहिलो खेलाडीसमेत बनेका छन्। ३६ वर्षीय जोकोभिचले यस वर्षको पहिलो ग्राण्डसलाम अष्ट्रेलियन ओपनको उपाधि समेत जितिसकेका छन्। योसँगै उनले अष्ट्रेलियन ओपन १० पटक,विम्बलडन ओपन ७ पटक तथा फ्रेन्च ओपन र यूएस ओपन समान तीन पटक जितेका छन्।































प्रतिक्रिया