एसीसी इमर्जिङ कपः नेपाल र पाकिस्तान भिड्दै

एसीसी इमर्जिङ कपः नेपाल र पाकिस्तान भिड्दै

केन्द्रबिन्दु
0
Shares

एसीसी इमर्जिङ कप महिला क्रिकेटमा आज (मंगलबार) नेपालले पाकिस्तानको सामना गर्दैछ। नेपालसँग पाकिस्तानको ए टिमले प्रतिस्पर्धा गर्न लागेको हो। 

नेपाली समयानुसार बिहान करिब पौने ७ बजेदेखि हङकङको मिसन रोडकमा खेल सुरु हुने छ। बलियो पाकिस्तानी टोलीको नेतृत्व फातिमाना सानाले गरेकी छन्। फातिमा पाकिस्तानकी प्रमुख बलर हुन्। प्रतियोगिताको उपाधि दाबेदार पाकिस्तानसँग नेपाल सुखद् नतिजा निकाल्ने लक्ष्यमा रहेकाे छ। 

प्रतियोगितामा सहभागी हुनु अगाडि नेपालले गत साता मात्रै मलेसियासँग ५ खेलेको सिरिज खेलेको थियो। जसमा ३–२ ले जित निकालेको थियो।  नेपाल रहेको समूहमा पाकिस्ता ए टिम, भारत ए टिम र आयोजक हङकङ छन्। समूहको शीर्ष २ टोली सेमिफाइनल प्रवेश गर्नेछन्। 

Logo