हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ए ले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ ।हङकङको मङकङमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ए ले १९ दशमलव २ ओभरमा अलआउट भएर ८७ रन मात्र बनायो।
पाकिस्तानका लागि शवाल जुफिकले ३६ बलमा सर्वाधिक २८ रन बनाइन्। कप्तान साना फतिमाले २३ बलमा १६ रन बनाउँदा गुल फरुजाले १८ बलमा ११ रन जोडिन्। कविता कुँवरले पहिलो ओभरमा नै इमन फतिमालाई शून्य रनमा आउट गराएपछि नेपालले राम्रो लय समातेको थियो ।
नेपालका लागि इन्दु बर्माले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै कविता जोशी, कविता कुँवर र सीता राना मगरले समान २/२ विकेट लिए।एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान ए विरुद्ध टस जितेर बलिङ रोजेको थियो ।































प्रतिक्रिया