नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बाले युरोपेली क्लबबाट खेल्ने भएकी छन् ।
सावित्रा इजरायली क्लब हापोएल रानाना एएफसीमा अनुबन्धित भएका हुन् । क्लबले मंगलबार सामाजिक सञ्जालमार्फत सावित्रासँग सम्झौता भएको पुष्टि गरेको छ । उनी युरोपेली क्लबमा अनुबन्धित हुने पहिलो नेपाली खेलाडी बनेकी छन् ।
भारतीय शीर्ष डिभिजन लिगमा यसै सिजन सावित्राले १० खेलमा २९ गोल गर्दै गोकुलम करालालाई लगातार उपाधि दिलाएकी थिइन् । उनले सर्वाधिक गोलकर्ताको अवार्ड जितेकी थिइन् । त्यसपछि उनको चर्चा थप चुलिएको थियो ।
नेपाली फुटबलमा एकछत्र राज गरेर उपयुक्त अवसरको खोजीमा रहेकी सावित्रा अहिले आएर त्यो सपना पूरा हुने बाटोमा रहेको प्रतिक्रिया दिएकी छन् । क्लबमा अनुबन्ध भएको खबरपछि उनी भन्छिन्- ‘पहिलेदेखिनै एउटा सपना थियो । अहिले त्यो सपनाको बाटोमा छु । पाइला चालिहरेको छु । यो अवसरलाई सक्दो सदुपयोग गर्नेछु ।’































प्रतिक्रिया