नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा आज बिहीबार फिलिपिन्सको सामना गर्दैछ । भारतमा हुने १४ औँ संस्करणको साफ च्याम्पियनसिपको तयारी अन्तर्गत नेपालले फिलिपिन्ससँग खेल्न लागेको हो।
नेपालले घरेलु टोली फिलिपिन्ससँग उसैको मैदानमा खेल्नेछ। रिजल मेमोरियल स्टेडियममा हुने नेपाल र फिलिपिन्सबीचको खेल नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ।
नेपाल आज बलियो टोली फिलिपिन्सलाई हराउने योजनामा रहेको छ। तर, फिलिपिन्सविरुद्ध जित निकाल्न नेपाललाई सहज भने छैन।नेपाल र फिलिपिन्सबीचको यो सातौँ भेट हो। यसअघि नेपालले फिलिपिन्ससँग ६ पटक खेलिसकेको छ। जसमा नेपालले एक जित र एक बराबरी खेल्दा चार हार व्यहोरेको छ।





























प्रतिक्रिया