एसिया कपमा नेपालले खेल्ने खेल पाकिस्तान र श्रीलंकामा हुने निश्चित

एसिया कपमा नेपालले खेल्ने खेल पाकिस्तान र श्रीलंकामा हुने निश्चित

केन्द्रबिन्दु
0
Shares

एसिया कपमा नेपालले खेल्ने खेल पाकिस्तान र श्रीलंकामा हुने निश्चित भएको छ । 

एसियन क्रिकेट काउन्सिल (एसीसी)का अनुसार आगामी अगष्ट ३१ देखि सेप्टेम्बर १७ सम्म एकदिवसीय एसिया कप २०२३ पाकिस्तान र श्रीलंकामा हुने भएको हाे । बिहीबार एक विज्ञप्ति जारी गर्दै एसीसीले एसिया कपका चार खेल पाकिस्तान र बाँकी ९ खेल श्रीलंकामा हुने उल्लेख गरेको छ ।

भारतले एसिया कपमा सहभागी हुन पाकिस्तान जान अस्वीकार गरेपछि श्रीलंकामा ९ खेल हुने भएका छन् । नेपालले भने पाकिस्तानविरुद्धको खेल पाकिस्तानमै खेल्ने भएको छ । पहिलो पटक एसिया कपमा उत्रिँदै गरेको नेपाल समूह ए मा भारत र पाकिस्तानसँग परेको छ । समूह बी भने श्रीलंका, बंगलादेश र अफगानिस्तान समेटिएका छन् ।

नेपालले गत बैशाखमा एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई हराउँदै एसिया कपमा स्थान बनाएको थियो । एसिया कपमा उत्रिन पाएको नेपालले पहिलो पटक भारत र पाकिस्तानसँग खेल्ने अवसर पाएको हाे । यो नेपालका लागि सबैभन्दा ठूलो अवसर बनेको छ । 

Logo