पहिलो हाफमा बराबरीमा रोकिए नेपाल र फिलिपिन्स

पहिलो हाफमा बराबरीमा रोकिए नेपाल र फिलिपिन्स

केन्द्रबिन्दु
0
Shares

नेपाल र फिलिपिन्सले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ बराबरी खेलेका छन् । 

बिहीवार फिलिपिन्सको रिजाल मेमोरियल स्टेडियममा सुरु भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको हो । दुवै टोलीबाट राम्रो अवसर पाएपनि गोल भने हुन सकेन ।

भारतमा हुने १४औं संस्करणको साफ च्याम्पियनसिपको तयारी अन्तर्गत नेपालले फिलिपिन्ससँग खेलेको हो । भारतको बेंगलुरुमा आयोजना हुने साफ असार ६ देखि १८ गतेसम्म हुनेछ । आजको खेलबाट मिडफिल्डर लाकेन लिम्बु र डिफेन्डर विमल पाण्डेले राष्ट्रिय फुटबल टोलीमा डेब्यु गरेका छन् । 

Skip This
Skip This
Logo