आइसिसी विश्वकप एकदिवसीय छनोटअघि अभ्यास खेलमा नेपालको ओपनर कुशल भुर्तेलले ओमानविरुद्ध सानदार शतक प्रहार गरेका छन् ।
ओमानले जितका लागि दिएको २६८ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशलले विष्फोटिङ व्याटिङ गर्दै शतक प्रहार गरेका हुन् । उनले ९१ बलमाा शतक प्रहार गरे ।
नेपाललाई ओपनरद्वय कुशल र आसिफ शेखले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । त्यसपछि आसिफ २३ रनमा क्याच आउट भएपछि भीम सार्की र कुशल भुर्तेलले साझेदारी गरेका हुन् ।
हाल नेपाल ३० ओभरमा एक विकेट गुमाउँदै १७७ रन बनाएर खेलिरहेको छ ।





























प्रतिक्रिया