पुरुष भलिबल नेसन्स लिगको खेल तालिका सार्वजनिकः नेपालको पहिलो प्रतिद्वन्दी मंगोलिया

पुरुष भलिबल नेसन्स लिगको खेल तालिका सार्वजनिकः नेपालको पहिलो प्रतिद्वन्दी मंगोलिया

केन्द्रबिन्दु
0
Shares

किर्गिस्तानमा आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन(काभा) पुरुष भलिबल नेसन्स लिगको पहिलो खेलमा नेपालले मंगोलियासंग खेल्ने भएको छ। 

काभाले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले भोली आइतबार पहिलो प्रतिद्वन्दी मंगोलियाको सामना गर्नेछ।यस्तै नेपालले दोस्रो खेलमा सोमबार किर्गिस्तानसँग खेल्ने तालिका रहेको छ। नेपालले तेस्रो खेलमा मंगलबार इरान, चौंथो खेलमा बिहीबार तुर्किमिनिस्तान र अन्तिम तथा पाँचौं खेलमा किर्गिस्तानको ’बी’ टोलीसँग खेल्ने छ।

नेपाली टोली शनिबार किर्गिस्तान पुगिसकेकाे छ। काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहेको छ। सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ। यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

Logo