नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा आज घरेलु टोली जिम्बावेसँग खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ मा जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ।
नेपालको रोहित पौडेल र जिम्बावेको क्रेग इर्विनले कप्तानी गर्नेछन्। विश्वकपको दाबेदार जिम्बावे नेपाललाई हराउँदै प्रतियोगितामा सहज सुरुवात गर्न चाहन्छ। पछिल्लो समय उच्च लयमा रहँदै सानदार प्रदर्शन गर्दै आएको नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्दै घरेलु टोलीलाई स्तब्ध पार्ने सोचमा हुनेछ।
नेपालले पहिलो पटक टेस्ट टोलीसँग ओडिआई खेल खेल्दैछ। ओडिआई विश्व वरियतामा नेपाल १५ औँ र जिम्बावे ११ औँ स्थानमा छन्। नेपालका सन्दीप लामिछाने र जिम्बावेका सिकन्दर राजा प्रमुख हतियार हुन्। राजाले अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका छन्। २०१८ को विश्वकप छनोटमा सर्वोत्कृष्ट खेलाडी चुनिएका राजा नेपाललाई घातक बन्न सक्ने खेलाडी हुन्। नेपालले जिम्बावेसँग एकमात्रै ५० ओभरको खेल खेलेको छ।
सिकन्दर राजा र रायन बर्लले नेपालमा टि२० लिग खेलि सकेका छन्। राजाले नेपाल टि २० लिग र एभरेष्ट प्रिमियर लिग विराटनगरबाट खेलेका थिए। त्यस्तै रायन बर्लले काठमाडौँबाट खेलेका थिए। यी दुईलाई नेपाली खेलाडीबारे राम्रो जानकार छ।
यता नेपालले डेथ ओभरमा राम्रो बलिङ गर्नुपर्ने हुन्छ। डेथ ओभर बलिङ नेपालको कमजोरीको रुपमा छ। नेपालका ओपनर आसिफ शेख र कुशल भुर्तेलले ब्यक्तिगत रुपमा राम्रो प्रदर्शन गर्दै आएका छन्। तर साझेदारी भने ठूलो गर्न सकेका छैनन्।
नेपाल राम्रो साझेदारी चाहन्छ। नेपालको ब्याटिङ ११ नम्बरसम्म नै छ।
जिम्बावेको पिच तीव्र गतिको सहयोगी हुँदा नेपालले प्रमुख स्पिनरमा सन्दीपलाई मात्रै मैदान उतार्ने सम्भावना छ। दीपेन्द्रको आगमनले नेपालको टोली थप सन्तुलिन बन्ने देखिन्छ। दीपेन्द्र फिनिसरको रुपमा खेल्नेछन्। उनलाई पनि राम्रो प्रदर्शनको दबाब हुनेछ।
स्पिनरमा सन्दीपलाई कुशल मल्ल र दीपेन्द्रले साथ दिनेछन्। तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी र गुलशन झा हुनेछन् । आवश्यक परेमा आरिफ शेख चौँथो विकल्प हुनेछन्। नेपालसँग बलिङमा ७ राम्रो विकल्प छ। ब्याटिङ अन्तिम नम्बरका सन्दीपले समेत राम्रो गर्दछ। नेपालले खराब सुरुवात गर्दा पनि राम्रो पूनरागमन गर्नसक्छ।
नेपालको मुख्य हतियार ब्याटिङ हो। त्यसैले ब्याटिङमा सानदार प्रदर्शन गर्नुपर्ने हुन्छ। कप्तान रोहित पौडेल र आरिफ शेख नेपालका प्रमुख ब्याटर हुन्। भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, गुलशन झा लगायतका खेलाडीले नेपालको ब्याटिङ मजबुत बनाएका छन्।





























प्रतिक्रिया