अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले सानदार जित दर्ता गरेको छ। ब्राजिलले अफ्रिकी राष्ट्र गिनियामाथि ४–१ को सानदार जित दर्ता गरेको हो।
आरसीडिइ स्टेडियम स्पेनमा गोलको वर्षा भएको खेलको २७औँ मिनेटमा जोइलिन्टनले गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाएका हुन्। ब्राजिलका लागि डेब्यु गरिरहेका जोइलिन्टनले डेब्युमै गोल गर्न २७ मिनेट मात्रै लाग्यो। ३०औँ मिनेटमा रोड्रिगोले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारेकाे हाे ।
ब्राजिलको फराकिलो जितमा जोइलिन्टन, रोड्रिगो, एडर मिलिसाओ र भिनिसियस जुनियरले गोल गरे। गिनियाका सेरोउ गुइरासीले एक गोल फर्काए।
३६औँ मिनेटमा सेरोउ गुइरासीले इसिएगा स्यालाको पासमा गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को स्थितिमा ल्याए। ४७औँ मिनेटमा मिलिसाओले लुकास पाक्वेटाको पासमा गोल गर्दै ब्राजिललाई सहज जिततर्फ अघि बढाए। त्यसपछि ८८औँ मिनेटमा भिनिसियस जुनियरले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई ४–१ को सानदार जित दिलाएका हुन्।































प्रतिक्रिया