जिम्बावेविरुद्ध कुशल भुर्तेलको सानदार अर्धशतक

जिम्बावेविरुद्ध कुशल भुर्तेलको सानदार अर्धशतक

केन्द्रबिन्दु
0
Shares

नेपालका ओपनर कुशल भुर्तेलले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेविरुद्ध अर्धशतक प्रहार गरेका छन् । 

हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशलले ६३ बलमा अर्धशतक प्रहार गरेका हुन् । तेस्रो ओभरको तेस्रो बलमै भुर्तेलले ब्यक्तिगत एक रनमै जीवनदान पाएका थिए । तर उक्त जीवनदानपछि भने उनले ८ चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । 

उनलाई क्रिजमा अर्का ओपनर आसिफ शेखले साथ दिइरहेका छन् । हाल नेपाल २० ओभरमा विना विकेटको क्षतिमा ८४ रन बनाएर खेलिरहेको छ । नेपालले रनको खाता खोल्न १४ औं बलसम्म कुर्नुपरेपनि पछि भने साझेदारीसँगै ब्याटिङ लयमा फर्किएको छ । 
 

Skip This
Skip This
Logo