अमेरिकाविरुद्ध नेपालको सानदार सुरुवात, करणले एक ओभरमै दिलाए २ विकेट

अमेरिकाविरुद्ध नेपालको सानदार सुरुवात, करणले एक ओभरमै दिलाए २ विकेट

केन्द्रबिन्दु
0
Shares

नेपालका करण केसीले आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत अमेरिकाविरुद्ध एक ओभरमै २ विकेट दिलाएका छन् । 

जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकाविरुद्ध करणले दोस्रो ओभरको पाँचौँ बलमा र छैटौँ बलमा लगातार विकेट लिएका हुन् । उनले स्टेभेन टेलरलाई ४ रन र मुक्कामल्लालाई गोल्डेन डकआउट गरेका हुन् । 

दोस्रो खेल खेल्दै गरेको नेपाल अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित हात पार्न चाहन्छ। यसअघि नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो।  आजको खेलमा नेपाली टोलीमा घाइते सोमपाल कामीको स्थानमा बायाँ हाते स्पिनर ललितनारायण राजवंशी फर्किएका छन् । 

Logo