सन्दीपको खराव प्रदर्शन कायमै, अमेरिकाविरुद्ध पनि विकेटविहीन

सन्दीपको खराव प्रदर्शन कायमै, अमेरिकाविरुद्ध पनि विकेटविहीन

केन्द्रबिन्दु
0
Shares

नेपालका स्पिनर सन्दीप लामिछाने आइसिसी एकदिवसीय विश्वकप छनोटको दोस्रो खेलमा अमेरिकाविरुद्ध पनि विकेटविहीन भएका छन् । 

जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकाविरुद्ध सन्दीप पूरै १० ओभर खेल्दा पनि विकेट लिन सकेनन् । सर्वाधिक आशा गरिएका उनले सो क्रममा ५८ रन खर्चिए । 

नेपालका प्रमुख हतियार माानिएका सन्दीप यसअघि पहिलो खेलमा जिम्बावेसँग पनि विकेटविहीन रहे । विश्वका विभिन्न लिग खेलेको हुँदा यो स्तरमा राम्रो गर्न सक्ने अनुमान गरिए पनि उक्त पिचमा उनको बलिङ नचल्दा नेपालले हार व्यहोर्न पुगेको थियो । 

हाल अमेरिका ४२ ओभरमा ७ विकेट गुमाउँदै १५६ रन बनाएर खेलिरहेको छ । आजको खेलमा तीव्र गतिका बलर करण केसीको बलिङ भने उत्कृष्ट रह्यो । उनले ४ विकेट लिइसकेका छन् । करणले खेलकाे दोस्रो ओभरको पाँचौँ बलमा स्टेभेन टेलरलाई ४ रन र छैटौँ बलमा मुक्कामल्लालाई गोल्डेन डकआउट गरे । 

त्यस्तै, उनले सात ओभरको पाँचौ बलमा तेस्रो विकेट दिलाए । उनले कप्तान आरोन जोन्सलाई २ रनमा आउट गरेका हुन् । उनी २२ बल खेलेका थिए । साथै ९ ओभरको दोस्रो बलमा केञ्जिगेलाई एक रनमा आउट गरे । 

Logo