आज नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलको उद्घाटन हुँदैछ। दक्षीण एसिया मै पहिलो पटक पोखराको फेवातालमा आज उदघाटन हुन गइरहेको ड्रागन बोट रेस फेस्टिभल दुई दिनसम्म चल्नेछ। सो फेस्टिबल शुक्रबार र शनिबार गरी दुई दिनसम्म चल्न लागेको हो।
पोखरामा पहिलो पटक भएको अन्तर्राष्ट्रिय उडानको क्रममा सिचुवान एअरलाइन्सको बिमानवाट पोखरा आएका चिनियाँ खेलाडीहरुले आफनो कौशलता प्रदर्शन गर्नेछन्। सो फेस्टिभलमा सहभागी हुन चिनियाँ १ सय २० जनाको टोली बुधबार नेपाल आइसकेकाे छ।
आयोजकका अनुसार सो प्रतियोगितामा ४ नेपाली र ४ चिनियाँ गरी आठ टोली सहभागी हुनेछन भने २०० र ५०० मिटरको प्रतिस्पर्धा हुनेछ।
पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा हुन गइरहेको उक्त फेस्टिबलमा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसियसन सह आयोजकको रुपमा रहेका छन्। सो प्रतियोगितामा पहिलो हुने टोलीले ५ लाख ५० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएका छन्।





























प्रतिक्रिया