नेदरल्याण्डविरुद्ध नेपाललाई पहिलो झट्का

नेदरल्याण्डविरुद्ध नेपाललाई पहिलो झट्का

केन्द्रबिन्दु
0
Shares

नेपाललाई आइसिसी विश्वकप छनोटअन्तर्गत नेदरल्याण्डविरुद्ध पहिलो झट्का लागेको छ । 

ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालल तेस्रो ओभरको दोस्रो बलमा ओपनर आशिफ शेखलाई गुमाएको हो । भ्यान विकले आशिफलाई २ रनमै बोल्ड आउट गरेका हुन् ।  

आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । दुईवटा खेलमा पराजित तथा एक खेलमा बिजयी नेपालले सुपर सिक्समा पुग्ने लक्ष्य नेदरल्यान्ड्सलाई हराएर मात्र पुरा हुने भए पछि नेपाललाई थप दबाब परेको छ ।  

नेदरल्याण्डलाई हराउन नसके नेपाल तीनवटा खेलमा पराजित हुदैँ समूह चरणबाटै बाहिरिने छ । जसका कारण पनि नेपालले निकै मेहनतका साथ आफनो प्रदर्शन देखाउनु पर्नेहुन्छ ।

Logo