नेदरल्याण्डविरुद्ध नेपालको कमजोर सुरुवात

नेदरल्याण्डविरुद्ध नेपालको कमजोर सुरुवात

केन्द्रबिन्दु
0
Shares

नेपालले आइसिसी विश्वकप छनोटअन्तर्गत नेदरल्याण्डविरुद्ध कमजोर सुरुवात गरेको छ । 

ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले पहिलो १० ओभरमा एक विकेट गुमाउँदै २३ रन जोडेको हो । नेपालले तेस्रो ओभरको दोस्रो बलमा ओपनर आशिफ शेखलाई गुमाएको थियो । भ्यान विकले आशिफलाई २ रनमै बोल्ड आउट गरेका हुन् ।  

हाल क्रिज अर्का ओपनर कुशल भुर्तेल र भीम सार्की रहेका छन् । कुशल ३० बलमा १५ रन तथा भीम पनि २९ बलमा ७ रन जोडेर अविजित छन् । 

आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरेकाे हाे । दुईवटा खेलमा पराजित तथा एक खेलमा बिजयी नेपालले सुपर सिक्समा पुग्ने लक्ष्य नेदरल्यान्ड्सलाई हराएर मात्र पुरा हुने भए पछि नेपाललाई थप दबाब परेको छ ।  

Logo