कुशल भुर्तेल पनि आउट

कुशल भुर्तेल पनि आउट

केन्द्रबिन्दु
0
Shares

नेपाललाई आइसिसी विश्वकप छनोटअन्तर्गत नेदरल्याण्डविरुद्ध दोस्रो झट्का लागेको छ । 

ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले १४.५ ओभरमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो । उनलाई २७ रनमा विक्रम सिंहले एडवार्डमार्फत क्याचआउट गराएका हुन् । 

हाल नेपाल २ विकेटको क्षतिमा ५२ रन बनाएर खेलिरहेको छ । क्रिजमा भीम सार्की र आरिफ शेख छन् । यसअघि नेपालले तेस्रो ओभरको दोस्रो बलमा ओपनर आशिफ शेखलाई गुमाएको थियो । भ्यान विकले आशिफलाई २ रनमै बोल्ड आउट गरेका हुन् ।  

Logo