ललितपुर ब्याडमिन्टन संघको बार्षिक साधारण सभा सम्पन्न

ललितपुर ब्याडमिन्टन संघको बार्षिक साधारण सभा सम्पन्न

केन्द्रबिन्दु
0
Shares

ललितपुर जिल्ला ब्याडमिन्टन संघको बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

संघका अध्यक्ष गोपाल महर्जनको अध्यक्षतामा भएको बार्षिक साधारण सभामा संघको २०७९/८० को बिविध कार्यक्रम र आर्थिक प्रतिवेदन माथि गहन छलफल भएको छ । यस्तै, आगामी आर्थिक बर्ष २०८०/८१ को बार्षिक कार्यक्रम आर्थिक प्रक्षेपण माथि छलफल हुनुका साथै संशोधन सहित बहुमतद्वारा पास गरिएको थियो ।

साधारण सभामा ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनसहित ललितपुर जिल्ला भित्रका ब्याडमिन्टन क्लबका प्रतिनिधिहरु, संघका सल्लाहकारहरु ध्रुव महर्जन, सुनिल शाक्य, बीरेन्द्र श्रेष्ठ, प्रकाश बहादुर शाही लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका अवसरमा हालै बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा भएको दोश्रो बागमती प्रदेश खेलकुदमा ललितपुरबाट ब्याडमिन्टनमा प्रतिस्पर्धा गरि उत्कृष्ट नतिजा प्राप्त गर्न सफल खेलाडीहरुलाई सम्मान गरिएको थियो ।

Logo