नेदरल्यान्ड्सविरुद्ध नेपाल सस्तैमा अलआउट, चलेन ब्याटिङ

नेदरल्यान्ड्सविरुद्ध नेपाल सस्तैमा अलआउट, चलेन ब्याटिङ

केन्द्रबिन्दु
0
Shares

नेपाल आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम तथा निर्णायक खेलमा नेदरल्यान्ड्सविरुद्ध सस्तैमा अलआउट भएको छ । 

ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४४.३ ओभरमा अलआउट हुँदै १६७ रन बनाएको हो । नेपालका लागि नवौं नंबरमा ब्याटिङका लागि आएका सन्दीप लामिछानेले २७ रन बनाए । अन्य खेलाडीको प्रदर्शन सम्झन लायन रहेन । 

कप्तान रोहितकुमार पौडेल ३ चौका र १ छक्काको मद्दतमा ३३ रन बनाएर पवेलियन फर्किए । ओपनर आसिफ शेख र आरिफ शेख दोहोरो अंकमा रन बनाउन नसकी आउट हुँदा कुशल भुर्तेलले २७ रन र भीम सार्कीले पवेलियन पर्किनुअघि २२ रनको योगदान गरे । कुशल मल्ल १२ रनमा आउट भए । 

बलिङमा नेदरल्यान्ड्सका लोगान भानवीकले सर्वाधिक ४ विकेट तथा बाल डी लिड र विक्रम सिंहले समान २/२ विकेट लिए । 

नेपाललाई सुपर सिक्समा स्थान बनाउन आजको खेल जित्नैपर्ने दबाव छ । आजको खेलमा नेपाल पराजित भएमा समूह चरणबाटै बाहिरिनेछ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार व्येहोर्न पुगेको थियो । 

Logo