साफ च्याम्पियनसिपमा नेपालले अहिले केही बेरमा घरेलु टोली भारतसँग खेल्दैछ । पहिलो खेल आमन्त्रित टोली कुवेतसँग ३-१ ले गुमाएको नेपालले भारतसँगको खेल जित्नै पर्ने दबाबमा छ ।
भारतको बैंगलोरमा जारी साफ च्याम्प्यिनसिपअन्तर्गत आयोजक टोलीविरुद्धको खेलमा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सन्जो अल्बर्टो एनिसले तीन परिवर्तन विमल घर्तीमगर, देवेन्द्र तामाङ र आयुष घलानलाई सुरुदेखि मैदानमा उतार्ने भएका छन् ।
मुख्य प्रशिक्षक एनिसले कुवेतविरुद्धको खेलमा मैदानमा उत्रिएका बिमल पाण्डे, पुजन उपरकोटी र नवयुग श्रेष्ठलाई सुरुवाती विश्राम दिएका छन् ।
यसअघि आज भएको समूह एको खेलमा कुवेतले पाकिस्तानलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ । आफ्नो पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन भारतले पनि पाकिस्तानलाई ४-० ले नै हराएको थियो । नेपाल साफ च्याम्पियनसिपको साविक उपविजेता हो ।





























प्रतिक्रिया