समूह चरणबाटै बाहिरिएको नेपालले जिम्बावेमा थप दुई खेल खेल्ने

समूह चरणबाटै बाहिरिएको नेपालले जिम्बावेमा थप दुई खेल खेल्ने

केन्द्रबिन्दु
0
Shares

जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा समूह चरणबाटै बाहिरिएको नेपालले थप दुई खेल खेल्ने भएको छ।  नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदै सुपर सिक्समा स्थान बनाउन नसकेकाे नेपालले सुपर सिक्स हुँदै विश्वकपको सपना सकिए पनि छनोटको प्लेअफका दुई खेल खेल्नेछ।

७ देखी १० औँ स्थानको लागि प्लेअफ हुनेछ। प्लेअफमा समूह ए को चौँथो स्थानमा रहने टोलीले समूह बी को पाँचौं स्थानको टोलीसँग खेल्नेछ। समूह ए को पाँचौं स्थानको टोलीले समूह बी को चौँथो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

यी दुई खेलको विजेता टोली ७ औं स्थानको लागि प्रतिस्पर्धा गर्नेछन्। पराजित हुने टोलीले नवौं स्थानको लागि प्रतिस्पर्धा गर्नेछन्। त्यसैले नेपालले प्लेअफमा दुई खेल खेल्ने भएको छ। प्लेअफको खेलहरु ३० जुलाई देखी ६ जुलाइसम्म हुनेछ। 

Logo