भारतमा जारी १४औं संस्करणको साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
बेंग्लोरस्थित कान्तिराव स्टेडियममा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । नेपालले खेलमा राम्रो अवसर पाएपनि गोलमा परिणत भने गर्न सकेन । खेलको ४२औं मिनेटमा मनिष डागींको उत्कृष्ट क्रस पासमा विमल घर्तीमगरले गरेको प्रहार पाकिस्तानका गोलरक्षकले रोकिदिए, जहाँ विमलको फितलो प्रहार थियो ।
प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेको दुवै टोली आफ्नो अन्तिम खेलमा जित निकाल्दै सुखद् अन्त्य गर्न चाहन्छन् ।
यसअघिका दुवै खेलमा हार बेहोरेको नेपाल पहिलो जितको खोजीमा रहनेछ । समूह ‘ए’अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल कुवेतसँग ३–१ गोलले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा भारतसँग २–० गोले पराजित हुँदै नेपाल एक खेल अघि नै बाहिरिएको थियो। पाकिस्तान पनि भारत र कुवेत दुवैसँग समान ४–० गोलको हार बेहोरेर प्रतियोगिको सेमिफाइनलबाट बाहिरिसकेको छ।





























प्रतिक्रिया