कराँते खेलाडी सुमन तिमल्सिना अमेरिकाको फ्लोरिडा प्रस्थान गरेका छन् । मंगलवार युएस ओपन आईएसकेए वल्र्ड मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन उनी फ्लोरिडा गएका हुन् ।
इन्टरनेसनल स्पोर्ट्स कराते एसोसिएसन आईएसकेए, युएसएको आयोजनामा जुन २९ देखि जुलाई १ तारिखसम्म हुने प्रतियोगितामा सुमनले सिनियर पुरुष एकल कातामा चुनौती प्रस्तुत गर्नेछन् ।
उनले बंगलादेशमा भएको तेश्रो कन्टिनेन्टल एसियाली करातेमा स्वर्ण, श्रीलंकामा भएको प्रथम अन्तर्राष्ट्रिय करातेमा स्वर्ण, भारतमा भएको छैटौं एसियाली गोजुरियो करातेमा रजत, मलेसियामा भएको प्रथम एसियाली प्यासिफिक गोजुरियो करातेमा कांस्य, जर्मनीमा भएको चेम्निज ओपन करातेमा स्वर्ण र टोरोन्टो अन्तर्राष्ट्रिय मार्सल आर्ट्स इ–कातमा स्वर्ण जितेका थिए ।





























प्रतिक्रिया