मलेसियाविरुद्ध नेपालको कमजोर ब्याटिङ

मलेसियाविरुद्ध नेपालको कमजोर ब्याटिङ


नेपाली युवा टोलीले एसिसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा घरेलु टोली मलेसियाविरुद्ध कमजोर ब्याटिङ प्रदर्शन गरेको छ । बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपालले २१ ओभरमा ६ विकेट गुमाउँदै ८९ रन बनाएको छ ।

नेपालले निरज कुमार यादवलाई ८ रनमै गुमाएको थियो । तीव्र गतिका बलर मोहम्मद अक्रमले उनलाई बोल्ड गरेका थिए । सूर्यांशु कोइराला २६ बलमा ५ चौकासहित २९ रनमा आउट भए । उनी हजिक हैकवालको बलमा बोल्ड भएका थिए । विकेटकिपर आषिश लुहार गोल्डेन डक आउट भए ।

तीव्र गतिका बलर आरिन अकिले प्रतिक भट्टाईलाई ४ रनमा क्याच आउट गराए । क्रिजमा कप्तान अभिषेक तिवारी  र नरेन भट्ट छन् ।सन्तोष यादब शुन्य रनमा एलबिडब्लु आउट भए । दिप भुजेल ४१ बलमा १५ रन बनाउँदै मुहम्मद मुक्रिको बलमा आउट भए ।

Logo