‘क्यान अध्यक्ष चन्दले दिउँसै रक्सी खाएर गाली गरेपछि राजीनामा दिएको हुँ’ -वृतान्त खनाल

‘क्यान अध्यक्ष चन्दले दिउँसै रक्सी खाएर गाली गरेपछि राजीनामा दिएको हुँ’ -वृतान्त खनाल


नेपाल क्रिकेट संघ (क्यान) को महाप्रबन्धकबाट राजीनामा दिएका वृतान्त खनालले अध्यक्ष चतुरबहादुर चन्दमाथि गम्भीर आरोप लगाएका छन्। 

सामाजिक सञ्जाल फेसबुकमा शनिबार वृतान्तले क्यान अध्यक्ष चन्दले दिउँसै रक्सी खाएर केन्द्रिय कार्यलयमा आफूलाई अभद्र गालि गरेपछि राजीनामा दिएको आरोप लगाएका हुन् । 

‘चतुरबहादुर चन्द कांग्रेसका बैतडी जिल्ला सभापति पनि हुनुहुन्छ, उहाँका केही आर्थिक अनियमिततामा व्यवस्थापनको प्रश्न उठेपछि उहाँ पुरानै शासकीय शैलीमा उग्ररूपमा गाली गलौजमा फर्किनु भएको हो। दिउँसै रक्सी सुरमा धुत भएर संघको केन्द्रीय कार्यालयमा आएर मलाई अभद्र गाली गरेपछि मैले राजीनामा दिएको हुँ। विवादास्पद टी-२० लगायत संघका स्रोतका अन्य धेरै विषयहरू क्रमशः व्याख्या गर्दै गरौंला।’ उनले भनेका छन् । 

केही दिनअघि राजीनामा दिएका खनालको शुक्रबार बसेको बोर्ड बैठकले राजीनामा स्वीकृत गरेको थियो। खनालको राजीनामापछि क्यानले क्रिकेट म्यानेजर विनोद दासलाई कार्यबाहक जिमएमको जिम्मेवारी दिएको छ।

Logo