सन्दीप लामिछानेले नेपाललाई दिलाए आठौं सफलता

सन्दीप लामिछानेले नेपाललाई दिलाए आठौं सफलता

केन्द्रबिन्दु
0
Shares

नेपालका स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेल युएईविरुद्ध आठौं सफलता दिलाएका छन् । 

जिम्बाबेको हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस जितेर पहिला बलिङ रोजेको नेपालका लागि सन्दीपले ४४ ओभरको पहिलो बलमा सञ्चित शर्मालाई १२ रनमा क्याच आउट गराएका हुन् । उनको यो तेस्रो विकेट हो । 

यसअघि ४१ ओभरको पहिलो बलमा अलि नासर ४ रनमा रनआउट भएका थिए । प्रतिश जिसीको बलिङमा उनलाई कप्तान रोहितकुमार पौडेलले आउट गराएका हुन् । युएई हाल ८ विकेट गुमाउँदै १७७ रन बनाएर खेलिरहेको छ । 

Skip This
Skip This
Logo