नेपाल मलेसियामा जारी एसीसी यू–१६ ईस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । सोमवार भएको पहिलो सेमिफाइनलमा सिंगापुरमाथि ९७ रनको सानदार जित दर्ता गर्दै नेपालले फाइनलको यात्रा तय गरेको हो ।
नेपालले जितका लागि दिएको १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा अलआउट हुँदै ८७ रनमै समेटिएको हो । सिंगापुरका लागि रोशन रविचन्द्रनले सर्वाधिक २४ रन जोडे । साथै प्रनव धनुकाले १४ रन तथा दीपु कुमारले १२ रन, कविर बर्लियाले ११ रन जोडे । नेपालको घातक बलिङसामू सिंगापुरका अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् ।
सिंगापुरलाई सस्तैमा समेट्न नेपालका कृतिक कामतले सर्वाधिक ३ विकेट लिए भने लारिन, सन्तोष यादव र अशोक धामीले समान एकएक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८५ रन बनायो । नेपालका ओपनर निरज यादव ४२ र सुर्यांशु कोइरालाले ४३ रन बनाए ।
मध्यक्रमका ब्याटर सन्तोष यादव २४ बलमा २ चौकासहित १८ र प्रतिक भट्टराई १२ आउट भए । कप्तान अभिषेक तिवारी २१ बलमा १ चौका र १ छक्कासहित २५ रनमा आउट भए ।
सिंगापुरका हरिहरनले ३ तथा कप्तान हर्ष वेंकटराम र कबिरले समान २/२ विकेट लिए ।
अब नेपालले उपाधिका लागि मलेसियासँग भिड्नेछ । अर्को सेमिफाइनलमा मलेसियाले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको हाे । समूह चरणमा नेपालले मलेसियालाई ८४ रनले हराएको थियो ।





























प्रतिक्रिया