एसिसी १६ वर्ष मुनिको पुरुष क्रिकेटको फाइनलमा मलेसियाविरुद्ध प्रतिस्पर्धा गरिरहेको नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। मलेसियामा जारी फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका नरेन भट्टले शानदार शतक प्रहार गरेका छन्।
८३ बलको सामना गरेका नरेनले ९ चौका र २ छक्काको मद्दतमा नटआउट १०२ रन बनाएर खेलिरहेका छन्। ताजा अवस्थामा नेपाल ३३ ओभरको खेल चलिरहँदा ६ विकेट गुमाएर २४४ रन बनाएर खेलिरहेको छ।





























प्रतिक्रिया