एसिसी यू-१६ इस्ट जोन कपको फाइनलमा नेपालले मलेसियासामू २ सय ५३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रनको उच्च लक्ष्य प्रस्तुत गरेको हो। नेपालका लागि नरेन भट्टले नटआयट १ सय १२ रन बनाए। निरजकुमार यादव ४७ र सन्तोष यादवले २६ रन बनाए। मलेसियाका लागि मोहमद अक्रमले ३ विकेट लिए।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न उद्देश्यसहित मैदानमा उत्रिएको छ। सेमिफाइनलमा नेपालले सिंगापुरलाई ९७ रनले र मलेसियाले हङकङलाई ७८ रनले हराउँदै उपाधि यात्रा तय गरेका हुन् ।





























प्रतिक्रिया