नेपालले आइसिसी विश्वकप छनोटको सातौं स्थानको लागि टेस्ट टोली आयरल्यान्डविरुद्ध ७ विकेट गुमाएको छ ।
जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३७ ओभरमा १६९ रन बनाउँदै ७ विकेट गुमाएको हो । ३७ ओभरको दोस्रो बलमा राम्रो ब्याटिङ गरिरहेका कुशल मल्ल आउट भएका हुन् । उनलाई ४४ रनमा एमसीकार्थीले क्याचआउट गराएका हुन् ।
त्यसअघि ३६ ओभरको अन्तिम बलमा अलराउण्डर दीपेन्द्रसिंह ऐरी शून्य रनमै आउट भएका थिए । उनको महत्वपूर्ण अर्धशतकीय इनिङमा नै यसअघि युएईविरुद्ध नेपालले जित दर्ता गरेको थियो । तर, आज उनको ब्याटिङ नै चल्न पाएन ।
भीम सार्की २० रनमा एमसीकार्थीबाट नै पवेलियन फर्किँदा ओपनर अर्जुन साउद महत्वपूर्ण अर्धशतकबाट चुके । २५ ओभरको अन्तिम बलमा अर्जुन ४८ रनमा डेलानीको बलमा आउट भएका हुन् ।
यसअघि २२ ओभरको पाँचौ बलमा कप्तान रोहितकुमार पवेलियन फर्किएका थिए । उनी ३५ बलमा २ चौका र १ छक्काको मदतमा २८ रन बनाउँदै कर्टिश क्याम्फरको बलमा क्याच आउटको शिकार बने । नेपालले आठौं ओभरको पहिलो बलमा ओपनर कुशल भुर्तेललाई पहिलो विकेटको रुपमा गुमाएको थियो । उनलाई ८ रनमा क्रेग योङले क्याच आउट गराएका थिए । साथैे १२ ओभरको तेस्रो बलमा ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भए ।





























प्रतिक्रिया