सन्दीप लामिछानेले लिए अर्धशतक हानेका टेक्टरको विकेट

सन्दीप लामिछानेले लिए अर्धशतक हानेका टेक्टरको विकेट

केन्द्रबिन्दु
0
Shares

नेपालका स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप छनोटको सातौं स्थानको लागि टेष्ट टोली आयरल्यान्डविरुद्ध पाँचौ विकेट दिलाएका छन् । 

जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा नेपालले जितका लागि दिएको २६९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डविरुद्ध सन्दीपले २५ ओभरको अन्तिम बलमा युवा ब्याटर ह्यारी टेक्टरलाई आउट गराएका हुन् ।  टेक्टरलाई उनले ६० रनमा गुल्सान झामार्फत क्याच आउट गराएका हुन् । टेक्टरले अर्धशतक प्रहार गर्नुअघि सन्दीपकै बलमा महत्वपूर्ण जीवनदान पाएका थिए । १५ औं ओभरको तेस्रो बलमा ह्यारी टेक्टरको क्याच किशोर महतोले लङअनमा ब्यक्तिगत २१ रनमा छाड्न पुगेका थिए ।

हाल आयरल्यान्ड २७ ओभरमा ५ विकेट गुमाउँदै १३६ रन बनाएर खेलिरहेको छ । 

यसअघि तीव्र गतिका बलर करण केसीले २२ ओभरको दोस्रो बलमा चौथो विकेट लिएका थिए । उनले लोर्कन टकरलाई २४ रनमा आउट गराएका हुन् । साथै उनले लोर्क्यान र ह्यारी टेक्टरको बढ्दो साझेदारीसमेत तोडेका थिए ।

Skip This
Skip This
Logo