विश्वकप छनोट खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

विश्वकप छनोट खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

केन्द्रबिन्दु
0
Shares

जिम्बावेमा जारी आइसीसी विश्वकप छनोट खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । शुक्रबार मध्यान्ह क्रिकेट टोली त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा अवतरण गरेको हो । 

टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी तथा क्रिकेट समर्थकले विमानस्थलमा स्वागत गरेका थिए ।

विश्वकप छनोटमा नेपालले दुई जित र चार हार प्राप्त गर्दै १० राष्ट्र सहभागी प्रतियोगितामा आठौं बन्यो । सुपर ६ मा पुग्ने लक्ष्य बोकेर गएको नेपालका लागि यो सुखद नतिजा होइन । तर, नेपालले खेलेका ६ म्याचमध्ये ३ वटा म्याच टेस्ट मान्यताप्राप्त राष्ट्रविरुद्ध थिए । उनीहरुविरुद्ध विभिन्न क्षणहरूमा नेपालले गर्व गर्न लायक प्रदर्शनहरू गर्यो । 

May be an image of 11 people, suitcase and text that says 'CAN Arrival'

नेपाल समूह ए बाट ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रहेर बाहिरिएको थियो । जिम्बावेसँग ८ विकेट, वेस्टइन्डिजसँग १ सय १ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदा नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । समूह चरणमा नेपालको त्यो एकमात्रै जित थियो । त्यसपछि नेपालले प्लेअफ खेलमा युएईलाई तीन विकेटले हराएको थियो भने सातौं स्थानको लागि भएकाे खेलमा आयरल्यान्डसँग दुई विकेटले पराजित भएपछि नेपाल आठौं बन्यो ।

जिम्बावेमा जारी विश्वकप छनोटमा श्रीलंका र नेदरल्यान्ड्सले भारतमा हुने विश्वकपको टिकट पक्का गरेका छन् । 

Logo