सन्दीप र दीपेन्द्रले एसिसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने

सन्दीप र दीपेन्द्रले एसिसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय टिमका स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसिसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । 

क्यानडाको ग्लोबल टी-२० लिग खेल्न जाने भएका कारण दुवै जनाले श्रीलंकामा हुने इमर्जिङ टिम्स एसिया कप गुमाउने भएका हुन् । ग्लोबल टी-२० साउन ४ गतेदेखि सुरु हुँदैछ। लिगमा दीपेन्द्र मोन्ट्रेल टाइगर्स र सन्दीप सर्रे जागुअरमा आबद्ध छन्। 

यता नेपालले जुलाई २३ देखि २० गतेसम्म  इमर्जिङ कप खेल्दैछ । प्रतियोगिताको समूह बी मा नेपाल, युएई, पाकिस्तान ए र भारत ए छन् । त्यस्तै समूह ए मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन् । पाँच टेस्ट टोलीको भने यू२३ को टोली आउने छन् । नेपालको टोली घोषणा हुन बाँकी छ ।

Logo