पाकिस्तानविरुद्ध निरीह बन्याे नेपालको ब्याटिङ, ४८ रन बनाउँदा ६ विकेट पतन

पाकिस्तानविरुद्ध निरीह बन्याे नेपालको ब्याटिङ, ४८ रन बनाउँदा ६ विकेट पतन


एसिसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा पाकिस्तान एविरुद्ध नेपालले खराव सुरुवात गरेको छ । 

कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल पाकिस्तानका युवा तीव्र गतिका बलरसामु टिक्न सकेन । शीर्षक्रमका ब्याटर सस्तैमा आउट भएका छन् । नेपालले ४८ रन बनाउँदा ६ विकेट गुमाएको छ । 

पहिलो ओभरमै ३ चौकासहित १२ रन जोडेको नेपालले लगातार विकेट गुमाउन पुग्यो । दोस्रो ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेल एक रनमा बोल्ड आउट हुँदा चौथो ओभरको अन्तिम बाउन्सर बलमा आशिफ शेख १२ रनमा क्याच आउट हुन पुगे । 

साथै पाँचौं ओभरको पाँचौं बलमा कप्तान रोहित पौडेल ४३ रनमा आउट भए भने अर्जुन साउद १७ रन तथा भीम सार्की शून्यमा बोल्ड आउट भए । 

Logo