महिलामा प्रधानमन्त्री कप भलिबलको उपाधि पुलिसको पोल्टामा

महिलामा प्रधानमन्त्री कप भलिबलको उपाधि पुलिसको पोल्टामा


सातौं प्रधानमन्त्री कप भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनल खेलमा एपीएफलाई पराजित गर्दै पुलिसले उपाधि उचालेको छ ।

पुलिसले एपीएफलाई २५-१२,२१-२५, २५-२३ र २५-१९ ले एपीएफलाई पराजित गरेको हो ।

पहिलो सेटमा सहज जित हात पारेको पुलिसले दोस्रो सेट भने एपीएफसँग पराजित भयो । तेस्रो सेट एपीएफले अग्रता लिए  पनि जोगाउन नसक्दा २५-२३ मा पराजित हुन पुग्यो । चौथो सेटमा अग्रता बनाउँदै जित निकालेको हो ।

Logo