एसिया कपका लागि नेपाल क्रिकेट टिमले श्रीलंकामा विशेष तयारी गर्ने

एसिया कपका लागि नेपाल क्रिकेट टिमले श्रीलंकामा विशेष तयारी गर्ने

केन्द्रबिन्दु
0
Shares

पहिलो पटक एसिया कप क्रिकेट खेल्ने तयारीमा रहेको नेपालले श्रीलंकामा विशेष तयारी गर्ने भएको छ ।

एसिसी इमर्जिङ कप खेल्न श्रीलंका पुगेको राष्ट्रिय क्रिकेट टोलीका लागि १५ दिनको स्पेशल हाई परफरमेन्स क्याम्प आयोजना गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । 

इमर्जिङ कपमा भारतसँग ९ र पाकिस्तानसँग ४ विकेटले पराजित भएसँगै बाहिरिएको नेपाली टोलीले श्रीलंका बसाईका क्रममा श्रीलंकन डेभलपमेन्ट टिमसँग चार अभ्यास खेल खेल्नेछ । साथै कडा प्रशिक्षणसमेत गर्नेछ ।  

एसिया कप क्रिकेट आगामी अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । समूह ए मा रहेको नेपालले आयोजक पाकिस्तानसँग अगष्ट ३० मा मुल्तानमा खेल्नेछ । उक्त खेलपछि नेपालले श्रीलंका गएर भारतसँग सेप्टेम्बर ४ मा दोस्रो खेल खेल्नेछ । 

Logo